सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी कैलालीको चेकिङ, ८५ हजार राजश्व संकलन !

१५१ सवारी–साधन कारबाहीमा

धनगढीमा ट्राफिक चेकिङ
फाइल तस्बिर

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आज होलीको दिन ट्राफिक चेकिङमा कडाइ गरेको छ । होली पर्वलाई मध्यनजर गरी हुन सक्ने सवारी दुर्घटना तथा त्यसबाट हुने जनधनको क्षतिलाई न्युनिकरण गर्न ट्राफिक प्रहरी कैलालीले ट्राफिक चेकिङमा कडाइ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय धनगढी र सिभिल प्रहरीको संयुक्त टोलीले नगरभित्रका ५ वटा ठाउँमा चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार आज बिहान ११ बजेदेखि धनगढीको मिलन चोक, चटकपुर, क्याम्पस चोक, महालक्ष्मी बिकास बैंक अगाडी र राष्ट्र बैंक चोकमा चेकजाँच भईरहेको छ । होलीको पहिलो दिन मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जना सहित १५१ जना सवारी चालकहरुलाई कारबाही र ८५ हजार राजश्व संकलन गरिएको प्रहरी निरिक्षक बोहराले जानकारी दिए ।

यसैगरी १२ वटा मोटरसाईकल होल्ड गरीएको छ भने २४ वटा कागजपत्र नियन्त्रणमा लिइएको छ । तिब्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना हेल्मेट मोटरसाइकल चलाउने, क्षमता भन्दा बढी मानिस राखि सवारी चलाउने सवारी साधन चलाउने चालकलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार