डोटीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु, नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिने

डोटीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

डोटी: डोटी जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सरु भएको छ।

गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन सुरु गरिएको हो। पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट सुरु गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा समेत सुरु भएको छ।

बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताइन्। उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु भएपछि स्थानीयवासी खुशी भएका छन्। जिल्लाका अन्य सात स्थानीय तहमा पनि केही दिन भित्रमै अभियान सुरु हुने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार