निजी स्रोतका शिक्षकलाई तलब खुवाउन डोटीमा होली खेलेर ६ लाख बढी रकम संकलन !

विद्यार्थी र मल्लिसातका स्थानीय गरी ७ सय जनाको  सहभागीता

शिक्षकलाई तलब खुवाउन डोटीमा होली

डोटी: डोटीमा होली खेलेर ६ लाख भन्दा बढी रकम संकलन गरिएको छ । जिल्लाको शिखर नगरपालिका ११ मा रहेको भगवती आधार विद्यालयले आयोजना गरेको होलीमा  १ सय ५० घरधुरीबाट जम्मा ६ लाख ६१ हजार ७ सय ८६ रुपैयाँ सङ्कलन भएको छ ।

३ दिन सम्म चलेको उक्त होलीमा भगवती आधारभूत विद्यालयका विद्यार्थी र मल्लिसातका स्थानीय गरी ७ सय जनाको  सहभागीतामा होली खेलिएको  भगवती आधारभूत विद्यालयका प्रध्यानाध्यापक  दिपक बोहराले बताए । विद्यालयको आयोजनमा मनाउँदै आएको होली यो वर्ष भने अरू वर्ष भन्दा फरक तरिकाले मनाएको  उनको भनाई छ ।

सधैँका वर्ष आयोजन गर्ने उक्त होली बाट उठेको रकम निजी स्रोतमा राखिएका शिक्षहरुलाई दिइने गरेको छ । भगवती आधारभूत विद्यालय नर्सरी देखी आठ सम्म रहेको छ ।

वि.सं.२०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले १० जना शिक्षक र ३ सय ५ जना विद्यार्थीहरू रहेका छन् । विद्यालयका शिक्षकमध्ये ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार