बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते, चालक फरार !

दुर्घटनामा परी जिपमा सवार तीनजना सामान्य घाइते

सडक दुर्घटना
बैतडी: बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ ।  प्रहरीका अनुसार जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।
अत्तरियाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप महाकाली लोक मार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै मंगलबार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परी जिपमा सवार तीनजना सामान्य घाइते भएका छन् ।
चालक सहित चार जना सवार रहेको जिप दुर्घटनामा परी दार्चुलाको अपि हिमाल ५ का जनकसिंह धामीको बायाँ हातमा चोट लागेको छ । भने जिपमा सवार अन्य दुई जना भने सामान्य घाइते भएका छन् ।
दार्चुलाको अपि हिमाल ५ का चालक वीरेन्द्र धामी फरार रहेको र चालकको खोजी भइरहेको खोचलेक प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोतीसिंह बमले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार