नगरक्षेत्रभित्र प्रदूषणको प्रतिकूलता नदेखिएकाले नियमित विद्यालय सञ्चालन गर्न निर्देशन

प्रदूषण काठमाडौँमा हो, स्थिानिय सरकाले गर्‍यो आफ्नो अधिकारको प्रयोग

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्ति
दार्चुला: वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि दार्चुलाको महाकाली नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।  त्यसको केही समयपछि नगरपालिकाको एक सूचना जारी गर्दै विद्यालय नियमित रूपमा सञ्चालन गराउन निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय प्रदूषणको प्रतिकूलता नदेखिएकाले विद्यालय नियमित रूपमा सञ्चालन गर्न सूचित गरिएको छ ।
 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्ति
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्ति

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार