राष्ट्रिय  झण्डाको अपमान, गोदावरी पुलमा राखिएको नेपालको झण्डा अज्ञात समूहले फाल्यो !

सो कार्य गर्नु गराउनु संविधानतः दण्डित हुन्छ !

गोदावरी पुलमा राखिएको नेपालको झण्डा
धनगढीः कैलालीको गोदावरी नगरपालिकामा अवस्थित पहाड तराईलाई जोड्ने गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रूपमा प्रचारप्रसार गर्ने धेयका साथ फहराइएको नेपालको झण्डा अज्ञात समूहले फालिदिएका छन्।
सो झण्डा फालिनु राष्ट्रिय झण्डाको अपमान मात्रै नभई राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी नेपालको संविधान को घोर उल्लंघन तथा अपमान हो । सो कार्य गर्नु गराउनु संविधानतः दण्डित हुन्छ ।
गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवेयरको सहयोगमा गोदावरीको पुरानो पुलमा झण्डा राखिएको ८ फिट लम्बाइको झण्डा, ३० फिट अग्लो खम्बा सोमबार भाँच्चिएको अवस्थामा र झण्डा फ्याँकिएको अवस्थामा फेला परेको छ ।
४ महिना अगाडी पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्तीका र राष्ट्रिय एकता दिवसको अवसरमा राखिएको झण्डा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा चर्चित छ । तर झण्डाको अपमान हुने गरी मंगलबार राति भने अज्ञात समूहले तोडफोड गर्दै झण्डा फालिदिएका छन्।
थ्रीडीभिएल क्रियसनका अध्यक्ष दीपक ओझाले झण्डा राखिएको डण्डी झुकाइएको र त्यसमा रहेको झण्डा २ सय मिटर पर झण्डाको अपमान गरी भुईँमा फालेको बारेमा जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार