सुदूरपश्चिममा वायुप्रदूषणको प्रतिकूलता नदेखिएकाले ‘एसपीए’ का सबै कक्षा नियमित सञ्चालन हुने

हालसम्म सुदूरपश्चिम प्रदेशमा वायु प्रदूषणको प्रतिकूलता नदेखिएको

सुदूर पश्चिमाञ्चल एकेडेमीले जारी गरेको सूचना
धनगढीः वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको भए पनि कैलालीको धनगढीमा अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमीले सबै तहका कक्षा नियमित सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मङ्गलवार देखी चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।  यद्धपी सुदूर पश्चिमाञ्चल एकेडेमीले भने सूचना जारी गर्दै सुदूर पश्चिमाञ्चल एकेडेमीका सबै तहका कक्षा नियमित सञ्चालन हुने जनाएको छ ।
क्याम्पस प्रमुख कटकबहादुर जप्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा वायु प्रदूषणको प्रतिकूलता नदेखिएकाले सुदूर पश्चिमाञ्चल एकेडेमीले सञ्चालन गर्दै आएका सबै तहका कक्षा नियमित रूपमा सञ्चालन हुने छन् ।
सुदूर पश्चिमाञ्चल एकेडेमीले जारी गरेको सूचना
सुदूर पश्चिमाञ्चल एकेडेमीले जारी गरेको सूचना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार