वायु प्रदूषणका कारण शरीरमा यस्ता असर देखिन सक्छन्, जोगिन के गर्ने ?

फोक्सोमा समस्या नभएका व्यक्तिमा देखिने असर

वायु प्रदूषण

वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।

वायु प्रदूषणका कारण शरीरमा यस्तो असर पर्नसक्छ !

-प्रदूषित वायुले फोक्सोको बिरामीको फोक्सो थप सुनिन्छ ।
-फोक्सोको काम गर्ने क्षमतामा ह्रास आउने
-श्वास फुल्ने
-छातीमा केहीले समातेजस्तो हुने
-रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने
-फोक्सोका बिरामीलाई अन्य रोगका भाइरसहरूले छिट्टै आक्रमण गर्न सक्छ ।

फोक्सोमा समस्या नभएका व्यक्तिमा देखिने असर
–श्वासप्रश्वासमा बाधा भएको महसुस हुने
-छाती भारी हुने
-वायु प्रदूषणले नाक आँखा, छालामा तत्काल समस्या देखिन सक्छ ।
-दीर्घरोगी तथा मुटुको समस्या भएका बिरामीलाई पनि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।
-वायु प्रदूषणले फोक्सोको क्यान्सरको जोखिम बढाउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १० माइक्रोनभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्छ । कण २.५ माइक्रोनभन्दा पनि कम व्यासको हुन्छ । त्यसैले यो कणले भावी दिनमा समेत स्वास्थ्यमा असर पुर्याउँछ । प्रदूषणको स–सानो कण फोक्सोबाट रक्त प्रणालीमा प्रवेश गर्ने भएकाले फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्यामात्रै नभएर अन्य रोग बढाउनका लागि पनि सहयोग गर्छ ।

प्रदूषणबाट यसरी जोगिन सकिन्छ !

-मर्निङ वाक, इभिनिङ वाकमा ननिस्कने ।

-घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाएर हिँड्ने ।

-अनावश्यक रुपमा घरबाहिर ननिस्कने ।

-वायु प्रदूषण भएका बेला कठिन खालका शारीरिक अभ्यास सकेसम्म नगर्ने ।

-घरबाहिर निस्किँदा वायु प्रदूषणबाट आँखालाई जोगाउनका लागि चस्मा लगाउने ।

-श्वासप्रश्वास प्रक्रियामा धेरै गाह्रो हुने, खोकी लाग्ने, छातीमा समस्या भएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

-फोक्सोमा समस्या, श्वासप्रश्वास प्रक्रियामा समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने ।

– बिहान र बेलुका घरका झ्यालढोका सकेसम्म नखोल्ने ।

-बढी भीड र अत्यधिक सवारी भएको स्थानमा नजाने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार