१७ वर्षकी किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोपमा १ युवक पक्राउ

पक्राउ

काठमाडौं: १७ वर्षीया किशोरीलाई गेस्ट हाउस (होटेल)मा लगेर बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

आफूलाई गेस्ट हाउसको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ घर भइ काठमाडौंको डल्लुमा बस्दै आएका २३ वर्षीय ओम पहरी छन् ।

प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई विभिन्न प्रलोभनमा पारेर पहरीले काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित मेहर गेस्ट हाउस पुर्‍याएका थिए ।

गेस्ट हाउसमा लगेर आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पहरीलाई म‌ंगलबार पक्राउ गरेको हो । पक्राउ परेका पहरीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार