अखिल क्रान्तिकारी कैलालीद्धारा केएमसी लाई ज्ञापन, माग पुरा नभए कडा संघर्ष गर्ने चेतावनी !

विद्यार्थीको ढाडसेक्ने शुल्क लागु गरेको भन्दै शुल्क घटाउँन माग

Karntikari

धनगढी: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले शुल्क घटाउन माग गर्दै कैलाली बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ।

विद्यार्थीको ढाडसेक्ने शुल्क लागु गरेको भन्दै शुल्क घटाउँन माग गर्दै शुक्रबार क्याम्पस प्रमुख डा. पदमराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो। “कैलाली बहुमुखी क्याम्पस सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको कुरामा हामी सबै जानकार नै छौ। विगतमा सामुदायिक क्याम्पस आफ्नै स्रोतमा चलाउनु पर्ने स्थिति थियो भने हाल आंगिक क्याम्पस भइसके पश्चात पुर्ण सरकारी भएको छ।

पुर्ण रुपमा सरकारी क्याम्पस भइसक्दा पनि विगत सामुदायिक क्याम्पस हुँदा ताको शुल्क र अहिले आंगिक हुँदाको शुल्कमा खासै धेरै अन्तर देखिएन”, ज्ञापनपत्रमा भनिएको छ, “यस क्षेत्रका मजदुर, किसान, आदिवासी जनजाति थारु, दलित लगायत उत्पीडित क्षेत्र, समुदाय र वर्गका मानिसको छोराछोरीहरु सहजै अध्ययन गर्न पाउने गरि तत्काल न्युनतम शुल्क तोक्न जोडदार माग गर्दछौं।”

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार