को हुन्, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव पदका उम्मेदवार जोशी ?

बौद्धिक, क्षमता वान नेतृत्व छानौँ सबल सक्षम र युवा नेतृत्वका लागी मत माग्दछु !

हरि प्रसाद जोशी

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव पदका उम्मेदवार हरि प्रसाद जोशीले पत्रकार र सञ्चारगृहको हक हितका लागी काम गर्न उम्मेदवारी दिएको बताएका छन ।

उनले आफुले पत्रकारको क्षमता अभिबृद्धी गर्न, पत्रकार र सञ्चारगृहको हक हितका लागी काम गर्न आफुले उम्मेदवारी दिएको बताए । आगामी चैत २५ गते हुने निर्वाचनका लागी ११ संगठनको गठबन्दनबाट प्रदेश सचिव पदका साझा उम्मेदवार जोशीले पत्रकारमा क्षमता अभिबृद्धी, मिडिया हाउस र पत्रकारको सहकार्य र पत्रकारहरुलाई आर्थिक हिसाबमा कसरी बलियो बनाउने भन्ने पक्षमा आफ्नो भूमिका रहने धारणा व्यक्त गरेका छन । “खासगरी नितिगत रुपमा राज्यलाई जवाफदेही बनाउने गरी लड्दैछौँ,’उनले भने,‘राज्यलाई मिडियासंग कनेक्ट गर्ने, कम्तिमा राज्यले मिडिया हाउस र पत्रकारका पक्षमा काम गर्ने बनाउने लगायतका कामका लागि आफ्नो उम्मेदवारी हो ।”

पत्रकारहरुका आर्थिक समस्या देखि लिएर विभिन्न समस्याहरु छन । ती समस्याहरुको समाधान खोज्नका लागि आफ्नो महासंघको प्रदेश सचिवका लागि उम्मेद्वारी रहेको उनको भनाई छ । आफु लगायत आफ्नो टिम नेतृत्वमा गए पत्रकारको हक हितका लागी काम गर्ने जोशीको दावी छ ।

उनले आगामी २५ गते हुने चुनावमा युवा नेतृत्व, काम गर्न सक्षम र उत्कृष्ट नेतृत्व आफुहरुको टिम भएकोले अमुल्य मत दिएर जिताउन अपिल गरेका छन ।

पत्रकार महासंघ महिला उपाध्यक्षमा प्रेस चौतारी प्यानलकी रेणु कार्की र सदस्य अल्पसंख्यक÷अपाङ्गमा चौतारीकै नहकुल देव जीसी निर्विरोध निर्वाचित भइसकेका छन्। अब प्रदेश पत्रकार महासंघको बाँकी १० पदका लागि ३२ जना चुनावी मैदानमा उत्रिएका छन् ।

को हुन सचिव पदका उम्मेद्वार जोशी : 

२०६४ सालमा रेडियो क्षेत्रबाट पत्रकारिता शुरु गरेका जोशी अहिले रेडियो धनगढीका कार्यकारी निर्देशक र धनगढी खबर डटकमका सम्पादकको रुपमा कार्यरत छन । जोशीले आम सञ्चार र पत्रकारिता बिषयमा स्नातकोत्तर समेत गरिसकेका छन । उनले धनगढीका विभिन्न स्थानीय मिडियामा समेत काम गरिसकेका छन । उनी सँग करिब १४ बर्ष सम्मको मिडिया अनुभव छ । भने सुदूर पश्चिमाञ्चल क्याम्पसमा आम सञ्चार र पत्रकारिता बिषय अध्यापन गराईरहेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार