चैत २३ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा !

सुदूरपश्चिम प्रदेश सरकारले दियो चैत २३ गते सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ।

प्रदेश राजपत्रमा उल्लेखित बिदा सूची अनुसार प्रदेश सरकारले राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ जेठ २३ को निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।

रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार