सुदूर पहाडका वनमा डढेलो, जङ्गलमा लागेको डढेलो निभाउन नसक्दा नजिकका गाउँ उच्च जोखिममा !

आगलागी
प्रकाशित : :

कैलाली: सुदूरपश्चिमको पहाडी जिल्लाका वनमा डढेलो लागेको छ। भीमदत्त राजमार्ग अन्तरगतको कैलालीको चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिकाका वनमा अहिले आगो दन्किरहेको छ। सबै गरेर करिब २ दर्जन सामुदायीक वनमा डढेलो लाग्दा कसैले निभाउन पहल नगरेको भन्दै स्थानीले गुनासो गरेका छन्।

सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा त्यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्। लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको स्थानीयले बताएका छन्।

उक्त डढेलोका कारण वायु प्रदुषण भइ सुदूरको आकास तुवालोले भरिएको छ। जसले गर्दा  शनिबार साझसम्म धनगढीको वायु प्रदुषण सूचकांक (एक्यूआई) झण्डै २ सय नजिक पुगेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट