SKIP THIS

धनगढी उप-महानगरपालिका

डोटीमा चिकित्सक नभएकै कारण अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या, यी पालिकामा छैनन् वर्षौंदेखी चिकित्सक !

मेडिकल अफिसर

डाेटी: डाेटीका दुई वटा पालिकामा वर्षौंसम्म पनि चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले पालिकाले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य सुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ ।

जिल्लाको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ।

अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि यहाँका अधिकांश पालिकामा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा पालिकालाई दिइएको छ, कतिपय पालिकामा चिकित्सक नै छैनन्, चिकित्सकले प्रमाणित नगर्दा कसरी परिचयपत्र दिने हामीलाई पनि समस्या भयो ।’

चिकित्सक राखिएका यहाँका कतिपय पालिकामा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उनीहरु नै पालिकामा बस्न नरुचाउने गरेको स्थानीयवासी बताउँछन् । पालिकामा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेको छ, गाह्रो भइरहेको छ ।’

दुई नगरपालिका तथा सात वटा गाउँपालिकासहित नौ पालिका रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ । शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ ।

आफ्नो नगरपालिकामा चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्रका लागि आउने गरेका निवेदकलाई जिल्ला अस्पतालका चिकित्सकबाट अपाङ्गता भएको बारेमा प्रमाणित पत्र लिएर आउने सल्लाह दिने गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश साहले बताउनुभयो ।

पालिकाले अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएपछि चिकित्सक नभएका कारण गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउन निकै कठिन भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार