श्रीमान साउदीमा, माइत जान्छु भन्दै घरबाट निस्केकी श्रीमती ५ दिन देखी सम्पर्क विहीन !

बसन्ती साउद धानुक
बसन्ती साउद धानुक
धनगढीः बैतडीमा माइत जान्छु भन्दै घरबाट निस्केकी एक महिला ५ दिन देखी सम्पर्क विहीन बनेकी छन् । जिल्लाको पुर्चौडी  नगरपालिका वडा.नं. ४ भटना (सिमगाडा ) निवासी उत्तर धानुक कि श्रीमती  बसन्ती साउद धानुक सम्पर्क विहीन बनेकी हुन्  ।
चैत्र १८ गते बिहान नगरपालिकाकै कुएली गाउँ भन्ने ठाउँमा माइत जान्छु भनेर हिँडेकी बसन्ती माइत पनि न गएको र ५ दिन सम्म घर परिवारले खोजी तलासी गर्दा कुनै खबर न पाउँदा सम्पूर्ण घर परिवार चिन्तित बनेको उत्तर धानुकका दाइ नाता पर्ने गोविन्द धानुकले जानकारी दिए ।
गोविन्दका अनुसार उनको घरमा ३ वर्षीय छोरा र ९ महिना कि छोरी रहेकी छिन ।  भने बसन्तीका श्रीमान विगत ३ महिना देखी रोजगारीको सिलसिलामा खाडिमुलुक साउदीमा रहेका  छन् ।
बसन्ती साउद धानुकलाई कसैले कहीँ कतै देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा ९८६८७८१३३१ र ९८६८३१०६३६ मा सम्पर्क गरिदिन उत्तरका परिवारले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार