३१ औ जनआन्दोलन दिवस को अवसरमा फलफूल वितरण 

जिल्ला अस्पताल अछाममा फलफूल वितरण

जनआन्दोलन दिवस को अवसरमा फलफुल बितरण
आछामः नेपाल कम्युनिष्ट पार्टी आछामको आयोजनामा जिल्ला अस्पताल अछाममा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ।
मंगलवार एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन लाई स्वागत सङै जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ।
कार्यक्रममा नेता पुन लगायत पार्टी सचिवालय सदस्य लोकेन्द्र शाही जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सिना जिल्ला सचिव निरक शाह अखिल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय सदस्य वीरेन्द्र शाह दलित मोर्चा जिल्ला अध्यक्ष दिलीप बिक जिल्ला विद्यार्थी इन्चार्ज रमेश बि.सी युवा नेता बिक्की ओझा लगायत थुप्रै नेता तथा कार्यकर्ता को उपस्थित रहेको थियो।
कार्यक्रममा नेता पुनले  अस्पतालमा उपचाररत सम्पूर्ण  बिरामीहरू लाई  फलफूल वितरण का साथै शीघ्र स्वास्थ्य लाभ को  शुभकामना दिनु भएको छ । कार्यक्रममा बोल्दै नेता पुनले  स्वास्थ्य जस्तो समबेदन्शील कुरामा पनि सरकार ले धेरै लापरबाही गरेको जिल्ला अस्पतालमा जस्तो ठाउँ मा पनि सरकार ले प्राविधिक उपकरण को उचित व्यवस्थापन गर्न नसक्ना ले ठुलो लगानी गरेर मेडिकल शिक्षा पास गरेर अस्पतालमा कार्यरत कर्मचारीहरू को उचित मूल्याङ्कन हुन नसकेको बताउनु भएको छ।
साथै पार्टीले सरकार सङ जनताका समस्या सङ प्रत्यक्ष सरोकार राख्ने विषयमा पार्टीले खबरदारी गर्ने कुरामा पार्टी हरदम तत्पर रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार