आगामी आर्थिक वर्ष २०७८/०७९ लाई तपाईंको केही सुझाव छ ? अनलाइनबाटै यसरी दिनुहोस् !

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रमको तयारी थालेको छ । फागुन पहिलो साताबाट बजेट निर्माणको प्रक्रिया थालेको अर्थमन्त्रालयले पछिल्लो समय अनलाइनमार्फत बजेट उपर सुझाव संकलन गर्न थालेको हो ।

मन्त्रालयले सुझाव उपलब्ध गराउन भन्दै सूचना समेत जारी गरेको छ । मन्त्रालयका अनुसार २०७८ वैशाख ५ गतेभित्र त्यस किसिमको सुझाव उपलब्ध गराइसक्नुपर्नेछ ।

विभिन्न संघ संस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समावसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार क्षेत्र र आम नागरिकको तर्फबाट जो कसैले सरकारलाई बजेट तथा कार्यक्रमका लागि आफ्नो सुझाव उपलब्ध गराउन सक्नेछन् ।

यहाँ क्लिक गरी मन्त्रालयको वेबसाइटमार्फत वा यहाँ क्लिक गरी ईमेलको माध्यमबाट अर्थमन्त्रालयलाई बजेटमाथिको आफ्नो सुझाव पठाउन सकिनेछ । -टेकपानाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार