लागु औषधसहित कञ्चनपुरमा युवायुवती पक्राउ !

पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा लागु औषधसहित २ जना युवायुवती पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोमबार २ जना युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बजार क्षेत्रबाट १९ वर्षीय सन्जोग भण्डारी र १८ वर्षीया प्रिति मडैलाई पक्राउ गरिएको जानकारी दिए।

उनकाअनुसार उनीहरुको साथबाट शून्य दशमलव ७२ ग्राम चरेश र शूल्य दशमलव १५ ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार