रुकुम पुगेका प्रचण्डको भावुक बोली, ‘म माथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ’

'संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन्'

पुष्पकमल दाहाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार गरेका छन् । रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका हुन् ।

जनप्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै दाहालले भने, ‘संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।’

पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पठाएर रुकुम पूर्वतिर लागेका दाहालले भने, ‘फटाहा-फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो । आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’

दाहालले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको पनि दाबी गरे । ‘प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन । जनयुद्धबाट प्राप्त उपलब्धिमाथिको षड्यन्त्र रोकिएको छैन । समाजवाद उन्मुख संविधान खतरामा छ । संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन् । हामी त्यसका विरुद्ध लडिराखेका छौं,’ दाहालले भने ।

मुलुकमा निरंकुशतन्त्र ल्याइदिए हुन्छ भन्ने केही शक्तिलाई लागेको तर जनताले त्यस्ता शक्तिलाई परास्त गर्ने दाहालको भनाइ थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार