सुदूरपश्चिममा भीम रावलले बनाए एमालेको ‘समानान्तर’ समिति, को-को बने जिल्ला अध्यक्ष ?

सुदूरपश्चिममा भीम रावल

सुदूर: सुदूरपश्चिममा भीम रावल संयोजकत्वमा नेकपा (एमाले) को समानान्तर समिति बनेको छ। नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको मंगलबार सकिएको प्रदेश स्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी बनाएको हो।

खनाल-नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण  रहेको समितिको पूर्णता भनेका छन्। प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहे जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो। एकतापछि तत्कालीन नेकपा हुँदा प्रदेशमा १८२ सदस्यीय कमिटी बनेको थियो।

खनाल-नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने गरेको  बताए।  ‘अहिले पनि १८२ जना हाराहारीकै संख्यामै कमिटी बन्छ होला,’ उनले भने।

कमिटीको विस्तारित स्वरूपबारे भने केहीदिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने उनले बताए।

एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।  रावल तत्कालीन एमाले हुँदा र पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि सुदूरपश्चिम इन्चार्ज थिए। पछिल्लो समय अध्यक्ष ओलीले रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ।

दुई दिन बसेर मंगलबार दिउँसो सकिएको बैठकले नौ वटै जिल्लामा अध्यक्षको टुंगो पनि लगाएको छ। केही जिल्लामा पहिल्यै तोकिएकालाई यथावत राखिएको छ भने तोक्न बाँकी रहेका जिल्लामा नयाँलाई जिम्मेवारी दिइएको छ।

यी हुन् खनाल-नेपाल पक्षले बनाएका जिल्ला अध्यक्षहरू

कैलाली– दीर्घ सोडारी

कञ्चनपुर– तारा लामा तामाङ

डोटी– चक्र बहादुर मल्ल

डडेल्धुरा– तारा जोशी

बैतडी– महादेव भट्ट

अछाम– शेर बहादुर कुँवर

बझाङ– दिल बहादुर सिंह

बाजुरा– गगन रावल

दार्चुला– तोक्न बाँकी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार