कैलालीमा घरभन्दा बाहिर निस्किदा मास्क अनिवार्य, प्रयोग नगर्नेलाई कारवाही !

सार्वजनिक सवारीमा स्यानिटाइजर र मास्कको व्यवस्था

संकट व्यवस्थापन केन्द्र कोभिड १९ को बैठक
धनगढी:  धनगढीमा संकट व्यवस्थापन केन्द्र कोभिड १९ को बैठक सम्पन्न भएको छ । मगलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको हो ।
स्वास्थ्य सगठनले निकालेको सूचना लाई आम जिल्ला बासिलाई पालना गर्न लगाउने विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
नयाँ वर्ष आइरहँदा सीमा नाका भएर आउने नेपाली नागरिकहरू लाई कसरी चेकजाँच गर्ने पोजेटिभ देखिएकाहरू लाई कसरी व्यवस्थापन गर्न भन्ने छलफल भएको थियो ।
उनले भने जिल्लाका सबै पालिकाहरू लाई विगतका आइशुलेशन र क्वारेनटाइन लाई चालु अवस्थामा राख्न आग्रह गरिएको बताए । घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरू लाई ठाउको ठाउँ कारबाही गर्न उनले जानकारी दिए ।
‘सार्वजनिक सवारी साधनमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्नुपर्ने, ‘उनले भने प्रहरी मार्फत चेकजाँच गर्न लगाउन यदि मास्क र स्यानिटाइजरको व्यवस्था नगरिएको पाएमा कारबाही गछौ ।’ बैठकमा स्थानीय तह,सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार