सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहर, कञ्चनपुरमा भारतबाट फर्किएका संक्रमित पुरुषको मृत्यु

दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो पटक एक संक्रमितको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमण

कञ्चनपुर: सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलवार राति मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अस्पताललाई उदृत गर्दै संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

पुरुष २२ गते भारतको गुजरातबाट फर्किएका थिए। मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार