नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाद्वारा निर्वाचन स्थलमा सरसफाइ !

पत्रकार महासंघको निर्वाचन स्थलमा सरसफाइ

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाद्वारा निर्वाचन स्थलमा सरसफाइ !

पत्रकार महासंघको निर्वाचन स्थलमा सरसफाइ

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाद्वारा निर्वाचन स्थलमा सरसफाइ
फोटो पत्रकार महासंघ कैलाली शाखाका पदाधिकारीहरू निर्वाचन स्थलमा सरसफाइ गर्दै
Advertisement
धनगढीः नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाद्वारा पत्रकार महासंघको निर्वाचन स्थलमा सरसफाइ गरिएको छ । बुधवार पत्रकार महासंघ कैलाली शाखा कार्यालयमा सम्पन्न भएको निर्वाचनका क्रममा भएको फोहोर व्यवस्थापन फोटो पत्रकार महासंघको नेतृत्वमा गरिएको अध्यक्ष पाण्डव पुजाराले बताउनुभयो ।
निर्वाचनका समयमा महासंघ परिसरमा भएको फोहोरका कारण वातावरणमा प्रतिकुल असर पर्न सक्ने कुरालाई मध्यनजर गर्दै आफूहरूको नेतृत्वमा सरसफाइ गरिएको उपस्थित प्रतिनिधिहरूले बताएका छन् ।
सरसफाइमा पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष पदका दुवै उम्मेदवार हिमाल जोशी र श्रवण देउवा त्यसै गरी प्रदेश अध्यक्षका उम्मेदवार योगेश रावलको समेत उपस्थिति रहेको थियो । निर्वाचनका क्रममा भएको फोहोर व्यवस्थापनका लागि पहल चालेका भन्दै फोटो पत्रकार महासंघलाई धन्यवाद समेत दिएका छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार