देवेन्द्रले पुरा गरे ‘शिक्षाका लागि पेडल’ नाम दिएर सुरु गरेको साहासिक साइकल यात्रा !

शिक्षाको लागि साइकल यात्रा
धनगढीः समाजसेवी साइकलिष्ट देवेन्द्र बस्न्यातले शिक्षाको लागी साइकल यात्रा भन्ने नाराको आत्मसाथ गर्दै सहयोग जुटाउन  ‘शिक्षाका लागि पेडल’ नाम दिएर १२ दिनमा १२ सय किलोमिटर लामो दूरीको साहसिक साइकल यात्रा पुरा गरेका छन् ।
हेल्प नेपाल नेटवर्कको पहल तथा राजकुलेश्वर स्कुल र भक्त बि बि फर ह्युमानिटिको संयोजकत्वमा निर्माणाधीन विद्यालय र पुस्तकालयलाई आर्थिक सहयोग जुटाउने उनको मिसन फागुन २९ गते दोलखाबाट सुरु भयो थियो । यात्राको क्रममा भूइँमान्छेले गरेको स्वागत र दिएको सत्कारले तागत मिलेको देवेन्द्रले बताए ।  उनले दुई फरक अभियानका लागि पेडल फर एजुकेसन अभियानको थालनी गरेका थिए ।
पहिलोः राज कुलेश्वर विद्यालय पुनर्निर्माण। कुनै समय दोलखाका मल्ल राजाहरूको दरबार रहेको त्यो भवन २०१५ सालदेखि विद्यालय प्रयोजनमा प्रयोग भयो। २०७२ को भूकम्पले तहसनहस पारेपछि प्रभावित भयो त्यहाँका विद्यार्थीको पढाई। त्यहीँ भवनलाई पुनः ठड्याउन अघि सर्‍यो हेल्प नेपाल।
दोस्रोः डडेल्धुरामा निर्माणाधीन श्रीबहादुर खड्क स्मृति पुस्तकालय पुनर्निर्माण। जसलाई द्वन्द्वकलामा बुर्जुवा शिक्षाको हवला दिँदै आगो लगाइएको रहेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार