नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको सचिवमा हरि प्रसाद जोशी अत्यधिक बहुमतले निर्वाचित !

प्रतिद्वन्द्वी नरेन्द्रसिंह कार्की पराजित

हरि प्रसाद जोशी
धनगढी: नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको सचिवमा हरि प्रसाद जोशी निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार जोशी आफ्ना प्रतिद्वन्द्वी नरेन्द्रसिंह कार्कीलाई पराजित गर्दै सचिव पदमा निर्वाचित भएका हुन ।
सुदूरपश्चिममा बुधवार १ हजार ६५ मत खसेको थियो । नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधवार तीनै तहको निर्वाचन सम्पन्न भएको थियो ।
यस्तै महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल विजयी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार