गएको साउनदेखि अहिलेसम्म तलब नपाएको भन्दै बैतडीमा शिक्षक आन्दोलित

कार्यविधि सच्याउन शिक्षकहरूको माग

sigas gaupalika

बैतडी:  बैतडीको शिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलित भएका छन्।

गएको साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन।

तलब भुक्तानीका लागि पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ। आफूहरुको तलब निकासा नगरे चैत २९ गतेदेखि विद्यालय नजाने, बार्षिक परीक्षा सञ्चालन हुन नदिने लगायतका आन्दोलनका कार्यक्रम अघि सारेको चन्दले बताइन्।

यस्तै गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुसंग कुनै सल्लाह नै नगरी कार्यविधि परिवर्तन गरेकाले सो कार्यविधि सच्याउन पनि शिक्षकहरुले माग गरेका छन्। कार्यविधि सच्याएर आफूहरुलाई पूर्ववत रुपमै स्वयंसेवक शिक्षकको रुपमा राख्न समेत उनीहरुले आग्रह गरेका छन्।

शिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १९१ जना निजी स्रोतका शिक्षकहरु कार्यरत रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार