धनगढीबाट अछामका लागि हिँडेको खप्तड मालीका यातायातको यात्रु बाहक बस दुर्घटना

धनगढीबाट अछाम जादैँ गरेको बस दुर्घटना
दुर्घटनाग्रस्त बस

डोटी: डोटीमा बस दुर्घटनामा परेको छ ।  धनगढीबाट अछाम जादै गरेको खप्तड मालीका यातायातको ना ७ ख २५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएका छन ।

बसमा ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिए । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार