ई-सेवा र विद्युतीय तथा पेट्रोल अटो रिक्सा संघ बिच सम्झौता, धनगढीमा अटो चढ्दा फोनपे गर्न मिल्ने

क्यास लेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान

esewa
धनगढी: भुक्तानी सेवा प्रदायक ई-सेवा र विद्युतीय तथा पेट्रोल अटो रिक्सा संघ बिच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ।
सम्झौता अनुसार धनगढी उप-महानगरपालिका भित्र रहेका संघ अन्तर्गतका सदस्य अटोरिक्साहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले ई-सेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउने छ।
ई-सेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यास लेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको छ ।
यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसङ्ख्याले ई सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई सेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (ई सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ई सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार