‘दीर्घकालीन र महत्त्वाकाङ्क्षी योजनाका साथ तेज बहादुर चन्द’

देशभरिका विद्यार्थीलाई अफलाइन कक्षा मार्फत जोड्दै

‘दीर्घकालीन र महत्त्वाकाङ्क्षी योजनाका साथ तेज बहादुर चन्द’

देशभरिका विद्यार्थीलाई अफलाइन कक्षा मार्फत जोड्दै

Tej Bahadur Chand

‘Mobile easy learning’ एप्लिकेसन र यसका फाइदा:- देश भरीका सरकारी स्कुलहरूको लागी कक्षा ६ देखी १२ सम्म विज्ञान ( science) र व्यवस्थापन (management) फ्याकल्टीको सजिलो मोबाइल सिकाइ(mobile easy learning) एप्लिकेसन बनाउनु भएको छ।

विभिन्न कठिनाइका पार गर्दै एप्लिकेसन बनाउन र अन्तिम रूप दिन एक वर्ष लागेको छ। एप्लिकेसनमा भिडियो र अडियो मार्फत बिध्यार्थीहरूको पठन पाठन गरिने छ ।

मोबाइल नेटवर्कको समस्या भएको हाम्रो देशको अहिलेको परिस्थितिमा यो एप्लिकेसनको लागि नेटवर्कको आवश्यकता हुनेछैन, यो अफलाइन (offline) हुने छ ।

बैतडीका स्थानीय तहमा वैशाख पहिलो हप्ता देखि यो कार्य शुभारम्भ हुँदै छ भने बाकी देशै भरी लगत्तै यसको कार्यान्वयन गरिने छ।  स्थानीय सरकारहरू सँगको सहकार्यमा यो एप्लिकेसन हरेक स्थानीय तह सम्झौता गरेर हरेक स्कुलहरूमा डिजिटल लाइब्रेरीको स्थापनाका साथ हरेक विद्यार्थी तथा तिनका अभिभावकहरूको मोबाइलमा पनि उक्त एप्लिकेसन राखेर बिध्यार्थीहरूले ज़तीबेला नि पढ्न सक्ने छन्।

विद्यार्थीले कोचिङ क्लास, होम ट्युसन लगायत गाइड, गेस पेपर तथा थप कक्षाको बोझ बाट मुक्त भई उच्च अभिरुचिका साथ फिल्म हेरे जस्तै पढ्न सक्नेछन्। यसले चौबीसै घण्टा विद्यार्थी अनुकूलित वातावरणमा आरामदायीको साथ सबै समूहलाई शैक्षिक शुद्धता तथा शैक्षिक गुणस्तर बराबर खालको प्रदान गर्नेछ।

फलस्वरूप गुणस्तरीय शिक्षा आर्जन गर्न सहयोग गर्ने छ। शुल्क तथा एप्लिकेसन अपग्रेडको प्रक्रिया विशेषतः अफलाइन चल्ने भनेकाले पनि यो व्यापारिक प्रायोजनको लागि नभई सबै समुदायका विद्यार्थीलाई समानुपातिक शिक्षाको लागि बनाइएको एप्लिकेसन हो। तर हरेक वर्ष अपग्रेड र कमिकमजोरीहरुलाई सुधार गर्दै लानको लागि चाहिने आर्थिक सहयोगको लागि हरेक पालिकामा भित्र पर्ने विद्यालयको अनुपातको आधारमा मूल्य तोकिने छ।

छोटो अवधिको लागि नभई लामो समयसम्म र दीर्घकालीन सोचका साथ बनाइएको एप्लिकेसन हरेक वर्ष नवीकरण गरिनेछ। एप्समा देखा पर्न सक्ने समस्या, थप चुस्त दुरुस्त राख्न र समयको मागलाई मध्यनजर गर्दै प्रत्येक वर्ष एप्लिकेसन अपग्रेड तथा प्रदान गरिएका सेवा सुविधा अपग्रेड गर्ने गरी लन्च गरिँदै छ। एप्लिकेसन अपग्रेड प्रत्येक वर्ष स्वतः कम्पनीले नै गर्ने जिम्मा लिएको छ।

एप्लिकेसन निर्माता चन्द को हुन?

एप्लिकेसनको अवधारणा र निर्माण युवा समाजसेवी, प्रखर वक्ता, दूरदर्शी र महत्वाकांक्षी योजनाकार तथा बौद्धिक व्यक्तित्व तेजबहादुर चन्दले गर्नुभएको हो।

समाजसेवी चन्द वर्तमान समयमा नेपाली काङ्ग्रेस, बैतडी प्रदेश सभा क्षेत्र न. ‘ख’ का सभापति हुनुहुन्छ। मुम्बई बिश्वबिद्यालयबाट बिजनेस एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर गर्नुभएका उहाँ लामो समय भारतमा बसी आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो।

मातृभूमिको माया र समाजसेवी मनले डोर्‍याएर स्वदेश फर्कनु भएका चन्द हजारौँ दुखी गरिबलाई गरेको सहयोग र नेपालमै पहिलो पटक सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता ‘ शुभकामना कप’ देहिमाण्डौमा शुभारम्भ तथा कालजयी देउडा गीति एल्बम “जय हो जन्मभूमि” का रचयिता र समाजसेवाका क्षेत्रमा उहाँले आफ्नो अलग्गै पहिचान बनाउनु भएको छ।

स्थानीय स्तरका कार्यकर्ता देखि केन्द्रीय नेतासम्ममा एक मिजासिला र छिट्टै घुलमिल हुनसक्ने उहाँको स्वभावले एक सफल लिडरले झल्को दिन्छ। राजनीति र समाजसेवा क्षेत्रमा उहाँको योगदानको कमी कहिल्यै नहोस्। एक सफल राजनीतिक नेतृत्वकर्ता र सामाजिक अभियन्तालाई सुनौलो भविष्यको लाखौँलाख शुभकामना  !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार