अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ : पूर्वराजा ज्ञानेन्द्र शाह

जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी

पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले अब धर्म बचाउने बेला आएको बताएका छन्।

महाकुम्भ मेला भर्न भारतको हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्रले अब हामीले धर्म बचाउनुपर्ने बेला आएको बताएका हुन्। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ,’ पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको कुरा साँचो भएको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार