दया फाउण्डेशनले कविता प्रतियोगिताको दोस्रो सत्र आयोजना गर्दै 

दया फाउण्डेशनले कविता प्रतियोगिताको दोस्रो सत्र आयोजना गर्दै
दया फाउण्डेशन र रोटरी क्लब अफ काठमाडौँ मीड टाउनले कविता लेखन प्रतियोगिताको दोस्रो सत्र आयोजना गर्ने भएको छ । गत वर्षको व्यापक सफलता प्रस्चात युवा वर्गको उच्च सहभागिता, चासो र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षदेखि दया फाउण्डेशनले उक्त प्रतियोगितालाई आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नै राखेको छ ।
यस वर्षको प्रतियोगिताको विषयवस्तु “परिचय र संस्कृति व्यक्त गर्दै” भन्ने रहेको छ। प्रतियोगिता १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूको लागि खुला गरिएको छ ।
 सहभागीहरूलाई आफ्नो मौलिक लेख “के संस्कृतिले तपाईँको पहिचान बढाउन सक्छ?” “सांस्कृतिक हिजो र आज” “संस्कृतिका धेरै पक्षहरू” “संस्कृतिले मेरोलागि के अर्थ दिन्छ?” जस्ता विषयवस्तुमा नेपाली वा अङ्ग्रेजीमा लेखेर दिइएको लिङ्क (bit.ly/sendmypoetry) मा १६ अप्रिल २०२१ भित्र पेस गर्न प्रोत्साहन गरिन्छ ।
प्रत्येक भाषा समूहका ५ विजेताहरू प्रत्येकलाई नगद रु. १०,००० (दश हजार) सहित पुरस्कृत गरिनेछ भने थप २० उपविजेताहरुलाई अन्य रोमाञ्चक नगद पुरस्कारको पनि व्यवस्था गरिएको कुरा प्रतियोगिताका संयोजक पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो।
निर्णायक प्यानलमा अनुभवी र योग्य साहित्य विज्ञहरू हुनेछन्: 
१) अङ्ग्रेजी समूह: केशव सिग्देल, लिसा चोग्याल, बल बहादुर थापा र सलिल सुवेदी
२) नेपाली समूह: राम प्रसाद दाहाल, कुमारी लामा, ढुन्डी राज पहाडी र ठाकुर शर्मा निर्णायकहरुले सर्वसम्मतिले आ-आफ्नो समूहबाट ५ विजेता छनौट गर्नेछन् र विजेताहरूले आफ्नो कविता प्रत्यक्ष वेबिनारमा प्रस्तुत गर्नेछन्।
यो उदाहरणीय पहल निभा प्रधानले सुरु गर्नुभएको हो जो दया फाउन्डेशनको भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य हुनुहुन्छ। दया फाउन्डेशन एक गैर-नाफा मुकल संस्था हो, जसले शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा विभिन्न परियोजनाहरूलाई वित्तीय, प्राविधिक र स्वयंसेवी सहयोग प्रदान गर्दै आई राखेको छ।
यो प्रतियोगिता पनि दया फाउण्डेशनको संस्कृतिलाई प्रवर्द्धन गर्ने पहलको हिस्सा हो। दया फाउण्डेशनका अध्यक्ष राजेश बी. प्रधानले पनि फाउन्डेशनका यस्ता प्रयासलाई सधैँ प्रोत्साहन गर्नुहुन्छ। रोटरी क्लब अफ् काठमाडौँ मीड टाउनकि निवर्तमान अध्यक्षको रूपमा, नीवा प्रधानले “युवा पेसागत व्यावसायिक कौशल प्रशिक्षण” को सञ्चालन पनि गर्नुहुन्छ जसको उद्देश्य युवाहरूको व्यावहारिक क्षेत्रमा कौशलता तथा दक्षता विकास गर्नु हो। रोटरी क्लब अध्यक्ष, लेफ्टिनेन्ट जनरल के.एन.एस. थापाले पनि युवा समूहको फाइदाका लागि त्यस्तो साझेदारी पहल गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो।
आयोजक तथा प्रतियोजितताका थप विवरणहरू उनीहरूको फेसबुक पृष्ठहरूमा फेला पार्न सकिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार