सामाजिक सञ्जालमा के लेख्ने, के नलेख्ने ? जिम्मेवार व्यक्तिले समेत किन टिनएजर जस्तो व्यवहार गर्छ ?

फेसबुक,ट्वीटर, ह्वाट्सएप अथवा इन्स्टाग्राम

सामाजिक सञ्जाल

फेसबुक,ट्वीटर, ह्वाट्सएप अथवा इन्स्टाग्रामको तपाईंको फ्रेण्ड लिस्टमा थुप्रै त्यस्ता साथीहरु होलान्, जसले आफ्नो जीवनमा भएका हरेक गतिविधिहरुको सूचना र जानकारी शेयर गरिरहन्छन् ।

सामाजिक सञ्जालमा एउटा परिपक्व, अनुभवी तथा जिम्मेवार व्यक्तिले समेत किन र कसरी एउटा टिनएजर जस्तो व्यवहार गर्न थाल्छ ?

आज हामी सामाजिक सञ्जालमा शेयर गर्ने कुराहरुको बारेमा जानकारी दिँदैछौं ।

आठ जना साथीहरुको एउटा समुह थियो, जसमा आकांक्षा र अर्पण पनि थिए ।

उनीहरुले एक–अर्कालाई मन पराउन थाले र डेटिङ समेत जान थाले ।

उनीहरुको प्रेम सम्बन्धलाई उनीहरुको समुहका साथीहरुले पनि मन पराए, खुशी पनि भए ।

उनीहरु प्रेम सम्बन्धमा बाँधिएपछि त्यसका बारेमा फेसबुक स्टाटस पनि परिर्वतन गरे— सिंगलबाट इन अ रिलेशनशिप ।

त्यस्तो स्टाटसमा उनीहरुका कलेजका साथीहरुको लाइक र कमेन्टहरुको वर्षा हुन थाल्यो ।

यसले उनीहरुको सामाजिक सञ्जालमा उनीहरुको पिडिएल (पब्लिक डिसप्ले अफ लभ) पनि बढ्यो ।

छुट्टिको समयमा लङ ड्राइभ अथवा क्लबहरुमा आयोजना हुने पार्टीहरुका क्रममा खिचिएका तस्बिरहरु अपलोड हुन थाले ।

प्रारम्भमा त उनीहरुलाई सबै कुरा राम्रो भए जस्तो लाग्थ्यो, तर वर्ष दिनपछि नै उनीहरुको सम्बन्ध बिग्रन थाल्यो ।

जब आकांक्षा र अर्पणको ब्रेकअप भयो, साथीहरुको समूह दुई भागमा बाँडियो ।

जब ब्रेकअपपछिको नयाँ स्टाटस अपडेट भयो, हरेकले फेसबुकमा कुनै एकको पक्ष लिन थाले ।

आकांक्षालाई घृणाले भरिएका म्यासेजहरु आउन थाले ।

अर्पण कलेजमा सबैको मन पर्ने पात्र थिए, त्यसैले युवतीहरुले पनि उसैको पक्ष लिन थाले ।

आकांक्षाले आफुलाई घरको एउटा भित्रै सिमित बनाउन थालिन् ।

खान–पिउन समेत छाडिदिइन् ।

उनको त्यस्तो स्थिति देखेर उनकी आमाले जब उनलाई मनोविद्कहाँ लिएर गइन्, त्यहाँ पुगेपछि मात्रै उनले आफ्नी छोरी डिप्रेशनको शिकार भएको थाहा पाइन् ।

‘मलाई म्यासेजहरु आउन थाले, जसमा मैले कलेज नै जान नहुने कुरा लेखिएका हुन्थे । किनभने ब्रेकअप गरेर मैले गलत गरेको अधिकांशको आरोप थियो, आकांक्षा भन्छिन्—‘म आफ्नो फेसबुक एकाउन्ट डिलिट गर्न चाहन्थें, तर मेरा मनोविदले मलाई त्यस्तो नगर्ने सल्लाह दिए । उनले मलाई त्यसो गर्नु भनेको समस्याबाट भाग्नु बराबर हुन्छ भन्ने सल्लाह दिए । हामीले आफ्नो सम्बन्धको बारेमा आवश्यकता भन्दा बढि जानकारीहरु शेयर गरेको तथा मानिसहरुले त्यसको फाइदा उठाएको मैले महसुस गरें । त्यसपछि मैले आफ्नो ‘रिलेशनसिप’ को स्टाटस परिवर्तन गरें ।’

आकांक्षाले त्यसपछि आफ्नो फ्रेण्डलिस्टबाट ती साथीहरुलाई डिलिट गरिन्, जसले उनलाई घृणा गरेका थिए ।

मलाई लाइक गर्नुहोस्

यो लाइक सिन्ड्रोमको कथा पनि बन्न सक्छ ।

आफ्नो जीवनको प्रत्येक पाटामा अरुको स्वीकृति (लाइक) पाउने चाहनाले हामीलाई दिन–दिनै सामाजिक सञ्जालप्रति भुक्तभोगि बनाइरहेको छ ।

अरुबाट स्वीकृति पाउने चाहना हामी सबैमा हुन्छ ।

भर्चुअल वर्ल्डमा कमेन्ट र लाइकहरुको माध्यमले त्यस्ता चाहना तुरुन्त पुरा हुन्छ र त्यसको बानी नशा झैं लाग्न थाल्छ ।

जब उनीहरुका स्टाटस अपडेटहरुमा धेरै लाइक प्राप्त हुँदैन, उनीहरु बेचैन हुन थाल्छन् ।

‘म ठीक छु’ भन्नुहोस्

हामी सबै जनासंग धेरै वटा राम्रा कुराहरु छन् । त्यसैबीच यदि हामीले कुनै पनि राम्रो कुराको निर्णय लियौं अथवा कुनै कुराको परिणाम राम्रो आयो भने त्यो कुरालाई पनि हामी सामाजिक सञ्जालमा उत्साहित हुँदै शेयर गर्छौं ।

उदाहरणको लागि कुनै प्रिय मानिस, जोसंग म विवाह गर्दैछु । त्यसका बारेमा सामाजिक सञ्जालमा शेयर गरिहाल्छौं ।

पुरानो जागिरबाट हटेको अथवा नयाँ जागिर खान थालेको कुरालाई त अझ धेरै प्राथमिकता दिएर सामाजिक सञ्जालमा शेयर गर्छौं ।

शहरभन्दा बाहिर घुम्न गएको अथवा देश बाहिर घुम्न गएका तस्बिरहरु त शेयर गरेको गर्‍यै गर्छौं ।

यदि कुनै युवतीको राम्रो युवकसंग विवाहको कुरा छिनियो भने उनीहरुको हनिमून मनाउने बेलासम्मका पोस्टहरु सामाजिक सञ्जालमा छरपस्ट हुन्छन् ।

प्रेमि अथवा हुनेवाला श्रीमान् ले कुनै ग्याजेक किनिदिएको, रेष्टुराँमा डिनर गरेको, फिल्म हेर्न गएको, सपिङ गरेको जस्ता विषयहरु स्टाटसमार्फत सार्वजनिक गरिरहन्छन् ।

उनीहरुको प्रस्तुतिकरणमा मिश्रित ईर्ष्या स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ ।

मनोविद्हरुका अनुसार युवतीहरुले त्यस्ता पोस्टहरु शेयर गर्नुका पछाडि उनीहरु भित्र रहेको डिप्रसनले काम गरिरहेको हुन सक्छ अथवा कसैसंग कुरा गर्ने चाहना पनि हुनसक्छ ।

कसैसंग कुराकानी गर्ने इच्छा भने एक्लोपनको नजिता पनि हुनसक्ने मनोविद्हरुको भनाइ छ ।

मसंग बोल्नु होस्

पहिला–पहिला मानिसहरु आफ्ना साथी अथवा आफन्तहरुसंग फोन (आधारभूत अथवा मोबाइल) मा कुराकानी गर्दथे, तर अचेल मानिसहरु एक–अर्कासंग फेसबुकमै कुराकानी गर्छन् ।

मानिसहरुसंग वास्तविकतामा जोडिनका लागि सबैभन्दा पहिला हामी आफैं व्यवस्थित तरिकाले रहनु पर्छ ।

जति धेरै तपाईंका ‘फ्रेण्ड्स’ हुन्छन्, तपाईंका पोस्टहरु उत्तिकै हावादारी हुन्छन् ।

त्यसैले काम नलाग्ने मानिसहरुलाई आफ्नो फ्रेण्ड लिस्टबाट हटाइदिनु पर्छ ।

अनावश्यक मानिसहरुबाट छुटकारा पाउनका लागि केही समयका लागि आफ्नो एकाउन्टलाई डीएक्टिभ समेत गर्न सकिन्छ ।

त्यस्तो बेला तपाईंलाई एक्लोपनाले सताउन थाल्यो भने आफ्ना साथीहरुलाई फोन गर्नुहोस् ।

त्यो बेला तपाईंले एउटा कुरा महसुस गर्नु हुनेछ, फेसबुकमा आउने एउटा लाइक भन्दा उसको स्वरले तपाईंलाई कति धेरै अपनत्व प्रदान गर्ने छ । -कलाकर्मीडटकमबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार