धनगढीको हिरण्य ब्रदर्स इन्टरप्राइजेज प्रा.ली ले ल्यायो सुदूरमा पहिलो पटक टाफे ग्रुपको ट्याक्टर !

महानायक राजेश हमालद्धारा उद्धघाटन

टाफे ग्रुपको मेसि परगुसन कम्पनीको ट्याक्टर
धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टाफे ग्रुपको मेसी परगुसन कम्पनीको ट्याक्टरको सोरुमको उद्घाटन गरिएको छ ।
धनगढीको राजपुरमा टाफे ग्रुपको मेसी परगुसन कम्पनीको ट्याक्टरको  सुदूरपश्चिमको आधिकारिक बिक्रेता हिरण्य ब्रदर्स इन्टरप्राइजेज प्रा.लीको बिहीबार उद्घाटन गरिएको हो ।
भारतको प्रख्यात टाफे ग्रुपको मेसी कम्पनीको ट्याक्टर पहिलो पटक सुदूरपश्चिममा सोरुम सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक सुरज सिंहले बताए । प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, विशिष्ट अतिथि महानायक राजेश हमाल र अन्तर्राष्ट्रिय   सफटेनिस संघका अध्यक्ष विनय विक्रम शाहले उद्घाटन गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । यस्तै उद्घाटन कार्यक्रममा टाफे लिमिटेडका रिजनल मेनेजर, असिस्टेन्ट एरिया मेनेजर,सिनियर इन्जिनियर लगायतको सहभागी रहेको उनले बताए  ।
मेसि परगुसन ट्याक्टर कृषि र निर्माणमा अत्यधिक उपयोगी, डिजेल र समयको बचत रहेको प्रबन्ध निर्देशक सिंहले बताए । बजारमा टाफे ग्रुपको मेसि फरगुसन कम्पनीको ७२५० को तीन वटा मोडल,९००० को एक मोडल र ९५०० को दुई वटा मोडल रहेको छ ।
७२५० मोडलमा नर्मल स्टिरिङ्ग २५०० सिसि,पावर स्टिरिङ्ग २५०० सिसि र पावर अप २६०० सिसि रहेको छ । ९००० मोडल २७०० सिसि ,९५०० मोडलमा नर्मल र ४५ 4WD ट्याक्टर  रहेको हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रा.लीले जनाएको छ । उद्घाटन गर्नुभन्दा अगाडि ग्राहक भेटघाट कार्यक्रम तथा मेघा फ्री सर्भिसिंग क्याम्प राखेको थियो ।
यो क्षेत्रका कृषक, निर्माण कम्पनीले मेसि परगुमन कम्पनीको ट्याक्टर सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेता हरण्य ब्रोदर्स इन्टरप्राईजेज प्रालिबाट सहज रुपमा खरिद गर्न सक्ने हरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालिले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार