आज बेलुका ५ बजेदेखि ६ गते सम्म गौरीफन्टा नाका पूर्ण रुपमा बन्द हुने

उत्तर प्रदेशका सबै ७५ जिल्लाहरूमा स्थानीय तहको चुनाव

कैलाली-कञ्चनपुर गौरीफण्टा नाका
फाइल तस्विर

कैलाली: कैलाली जिल्लासंग  सिमा जोडिएको  गौरीफन्टा नाका आज बेलुका ५ बजेदेखि बन्द हुने भएको छ । भारतमा स्थानीय तहको चुनाव हुन गईरहेकोले ५ गते आईतबार बेलुका ५ बजेदेखि ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएको हो ।

सो नाका भएर अहिले दैनिक हजार बढि नेपाली स्वदेश फर्किरहेका छ्न । भारतको यूपीमा सोमबार दोस्रो चरणको पञ्चायत चुनाव हुँदैछ। दोस्रो चरणमा मुजफ्फरनगर, बागपत, गौतमबुद्ध नगर, बिजनौर, अमरोहा, बदायू, एटा, मैनपुरी, कन्नौज, इटावा, ललितपुर, चित्रकूट, प्रतापगढ, लखनऊ, लखीमपुर खीरी, सुल्तानपुर, गोन्डा, महाराजगञ्ज, वाराणसी र आजमगढ गरी २० जिल्लामा मतदान हुने भएको हो।

उत्तर प्रदेशका सबै ७५ जिल्लाहरूमा चार चरणमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव भइरहेको हो। पहिलो चरणमा १५ अप्रेल (वैशाख २ गते) मतदान सम्पन्न भएको थियो। दोस्रो चरणमा १९ अप्रेल (वैशाख ६ गते) चुनाव हुँदैछ। त्यस्तै तेस्रो चरणको मतदान २६ अप्रेल (वैशाख १३ गते) र चौथो तथा अन्तिम चरणको चुनाव २९ अप्रेल (वैशाख १६) मतदान हुनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार