जिल्ला प्रशासन कार्यालय कैलालीको स्थानीय तहलाई १० दिन विद्यालय बन्द गर्न आग्रह !

कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कैलाली
जिल्ला प्रशासन कार्यालय कैलाली

धनगढी: कैलालीमा १० दिन विद्यालय बन्द गर्न  जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार