कैलालीको दुई स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना

१०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा यो संगै बीओपी संख्या १६

बिओपि

कैलाली: कैलालीको भजनी नगरपालिका–५ कालापातल र ७ को हलौना घाटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

आज सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले संयुक्त रुपमा उद्घाटन गरे । सो क्रममा डीआइजी श्रेष्ठले अझ व्यावसायिक तरिकाले सुरक्षा कायम र चोरी, तस्करी नियन्त्रण गर्नमा लाग्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिए ।

१०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा यो संगै बीओपी संख्या १६ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार