सोमबार सुदूरपश्चिम प्रदेशसभाको २०औँ बैठक बस्दै , २१औँ बैठक बसेर अधिवेशन अन्त्य हुने

सुदूरपश्चिम प्रदेशसभा
सुदूरपश्चिम प्रदेशसभा

सुदूर: सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औँ बैठक बस्दै छ । मंगलवार २१औँ बैठक बसेर अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ । मंगलवार पनि प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने कार्यसूची रहेको सचिव धामीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार