नक्कली प्रमाणपत्रका भरमा चिकित्सा पेशामा संलग्न ७ जना नक्कली डाक्टर पक्राउ !

देशका विभिन्न ठाउँबाट ७ जना नक्कली डाक्टर पक्राउ

Nakkali_Doctor_Sodhpatra

काठमाडौं: नक्कली प्रमाणपत्रका भरमा चिकित्सा पेशामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जना ‘नक्कली डाक्टर’ र १ जना कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सञ्चालन गरेको विशेष अपरेशनअन्तर्गत पक्राउ परेका ८ जनालाई सोमबार काठमाडौंको महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा सार्वजनिक गरिएको हो।

सीआईबीले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी विष्णुपुर-२ घर भइ हाल मोरोङ विराटनगर महानगरपालिका-५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा-९ घर भइ हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ छन्।

यस्तै, महोत्तरी सरपल्लो– ६ घर भई हाल जनकपुर उपमहानगरपालिका– ७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका– ५ घर भई हाल ललितपुर महानगरापालिका– २ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस – ५ का दिपेन्द्र गौतम पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका अरु कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन्। -नेपाललाइभबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार