धनगढीकी बर्षाले नेपाललाई दिलाइन् अनलाइन च्याम्पियनसिप युरोपको तेस्रो कांस्य पदक

च्याम्पियनसिपको तेस्रो उपाधि धनगढीकी वर्षा सावदले नेपाल लाई दिलाउन सफल

धनगढीकी वर्षा
धनगढीः युरोपको माल्टामा जारी अ क्लास काता अनलाइन च्याम्पियनसिपको तेस्रो उपाधि धनगढीकी बर्षा सावदले नेपाल लाई दिलाउन सफल भएकी छन् ।
युरोप माल्टामा अप्रिल ११ देखी जारी जारी अ क्लास काता अनलाइन च्याम्पियनसिपमा २५ ओटा देश सहभागिता रहेको थियो ।  सो खेलमा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी राष्ट्रिय खेलाडी तथा सिनियर वर्ष खेलाडी बर्षा साउदले तेस्रो कांस्य पदक दिलाउन सफल भएकी हुन् ।
बर्षाले यस अघि पनि अनलाइन कातामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएकी छिन् भने हाल सम्म सुदूरपश्चिम लगायत एपिएफ टिमलाई पनि प्रतिनिधित्व गर्दै आइरहेको धनगढी कराते एकेडेमीका प्रशिक्षक ललित खत्रीले जानकारी दिनुभयो  ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार