सकियो ओली नेपाल भेटवार्ता: दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए !

छलफल सकारात्मक भएको महशुस गरेको दुगडको प्रतिक्रिया

ओली–नेपालबीचको वार्ता

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।

यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार