खप्तड मालिका यातायातका अध्यक्ष र निवर्तमान अध्यक्षसहित ४ जना पक्राउ

पक्राउ

धनगढी: खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दिलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन् ।

दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबादुर मल्ललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए । उनकाअनुसार बसपार्क क्षेत्रमै झगडा गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

खलौला अध्यक्ष भएपछि जोशी समूहले अस्‍वीकार गर्दै आएको थियो । सोही विषयमा उक्त यातायात प्रालिमा विवाद बढ्दै गएको थियो । खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बसपार्कमा हातहालाहाल भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार