पहिलो गासमै ढुंगाः एमाले मुख्यालय उद्घाटनकैदिन बालिकाको बखेडा, मुख छाडेको आरोपमा पक्राउ

बालिका खड्कालाई पक्राउ

काठमाडौं: नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको हो । खड्काले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’भन्दै मुख छाडेकी थिइन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार