पदस्थापन कार्यक्रममा अध्यक्ष रावलको घोषणा: ‘पत्रकारहरूको स्वास्थ्य उपचारका लागि अक्षयकोष स्थापना गछौँ’

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति

धनगढीमा आयोजित पदस्थापन कार्यक्रम

धनगढी: नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सुदूरपश्चिममा रहेका पत्रकारहरूको स्वास्थ्य उपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरेका छन् ।

धनगढीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रावलले विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका पत्रकारहरूको उपचारका लागि सहयोग गर्न अक्षय कोषको घोषणा गरेका हुन् ।

‘सुदूरपश्चिममा रहेका पत्रकारहरू बिरामी पर्दा समेत उपचार गर्न आर्थिक समस्या झेलिरहेका छन्’ अध्यक्ष रावलले भने ‘यो समस्या आउन नदिन महासंघले एक करोडको अक्षयकोष स्थापनाको घोषणा गर्दछु । पहिलो अभियान नै यही हुनेछ ।’ अध्यक्ष रावलले भने उक्त कोषमा आफ्नो व्यक्तिगततर्फबाट एक लाख रकम उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार