सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित

सुदूरपश्चिम विश्वविद्यालय

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्।

विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको जनाइएको छ।

विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

कोरोना सङ्क्रमणको जोखिमकाबीच पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै शनिबार विद्यार्थी सङ्गठनहरुले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी समेत गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार