बैतडीमा जिप दुर्घटना: १ जनाको मृत्यु , बेहुला–बेहुली सहित ११ घाइते !

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
फाइल तस्बिर

बैतडी: बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने, ११जना घाइते भकाएछन् । मृत्यु हुनेमा बैतडीको दशरथ चन्द नगरपालिका ९ ग्वाल्लेकका ५५वर्षीय देवदत्त जोसी रहेकाछन् ।

घाइते ११जना मध्ये चालक तारनदत्त जोसीको अवस्था गम्भीर रहेको र अन्य १०जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएकोछ । घाइते सबैको उद्धारगरि अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको र मृतक जोसीको शब पोष्टमार्टमका ल्याउने तयारी भैरहेको घटनास्थलबाट पत्रकार बसन्त बिष्टले बताउनुभयो ।

महेन्द्रनगरबाट जन्ती बोकेर बैतडी आउदैँ गरेको सु.प.प्र. ०२.००१. ज. ३७७ नम्बरको बोलेरो जिप पाटन नगरपालिका वार्ड न.६ को घट्टे गाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिप सडकबाट करिब एकसय मिटर तल खसेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेकोछैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार