आईपीएलः आज दिल्ली र आरसीबी भिड्दै !

IPL RCB VS DC Live Score

धनगढीः  १४ औँ सिजनको आईपीएलको २२औँ म्याचमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर ‘आरसीबी’ खेल्दैछन् ।

यी दुई टिमबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ । जारी प्रतियोगितामा दुवै टिमले पाँच म्याच खेल्दा चाररचारमा जित र एकएक खेलमा हारको सामना गरेका छन् ।

अंक तालिकामा दिल्ली दोस्रो र आरसीबी तेस्रो स्थानमा छन् । दिल्लीसँगका पछिल्ला पाँच म्याचमा आरसीबीले एक खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । उसले दिल्लीलाई अन्तिम पटक २०१८ को आईपीएलमा हराएको थियो ।

यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । आरसीबीको नेतृत्व भने आईपीएल २०२१ म विराट कोहलीले नै गर्दैछन् । हालसम्म आरसीबी-दिल्ली दुवैले उपाधि जित्न सकेका छैनन् ।

आरसीबी तीन र दिल्ली हालसम्म एक पटक फाइनलमा पुगेका छन् । पटकपटक फाइनल पुग्दा पनि उपाधि हात पार्न नसकेको आरसीबीको लक्ष्य यो पटक उपाधि जित्ने छ । आरसीबी र दिल्लीलाई यो पटक पनि उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार