कैलालीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गराउन जुट्यो ट्राफिक प्रहरी !

धनगढीमा ट्राफिक प्रहरी: ‘तपाईंको मास्क खोई’

सवारी साधनमा जोर बिजोर प्रणाली लागु गराउनमा जुट्यो जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली

धनगढी: धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरौँ भन्दै जनचेतनामूलक कार्यक्रम  गरेको छ । ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनमा मंगलबार बिहान धनगढीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्न आग्रह सहितको जनसचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

दोस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले सो अभियान सञ्चालन गरेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले सवारीसाधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरौँ, मास्कको अनिवार्य प्रयोग गरौँ, सामाजिक दुरी कायम गरौँ , तपाईँको मास्क खोइ ?, कोभिड-१९ बाट बचौँ र बचाऔँ ट्राफिक नियमको पालना गरौँ भन्ने प्लेकार्ड सहितको सचेतनामूलक कार्यक्रम गरिएको बताए ।
प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाई बुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार