त्रिकोणात्मक सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिइने

त्रिकोणात्मक सिरिज जित्ने नेपाली खेलाडी

काठमाडौं: त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच त्रिकोणात्मक सिरिज भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार