कैलालीमा सरकारी कार्यालयको चरम दुरुपयोग, नापी कार्यालय भित्रै हाकिमकी बहिनीको बिहे !

लकडाउनले जनता सुस्त, नापी कार्यालयका हाकिम बहिनीको बिहेमा मस्त !

नापी कार्यालय कैलालीमा धुमधामसंग बिहे

धनगढी: कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा विवाहको आयोजना गरिएको हो । नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनिको विवाह आयोजना गरिएको हो ।

उनले भने, कैलाली प्रशासनको अनुमतिबाटै विवाहको आयोजना गरिएको हो । यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनैपनि सुचना नआएको र आफुले निर्देशन पनि नदिएको बताए ।

उनले भने, कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनिको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर आधिकारीक रुपमा प्रशासनले अनुमति भने दिएको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार