कैलालीमा शनिवार बिहान १० बजे सम्म निषेधाज्ञा उल्लंघन गर्ने ५७८ सवारी साधन ‘होल्ड’

सवारी साधन ‘होल्ड’
धनगढी: कैलालीमा लकडाउनको तेस्रो दिन  पनि निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा शनिवार बिहान १० बजेसम्म निषेधाज्ञा उल्लंघन गर्ने ५७८ सवारी साधनलाई होल्ड गरिएको हो ।
जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराका अनुसार ठुला साना सवारी साधन गरी ५७८ लाई होल्ड गरी सम्झाई बुझाई छोडिएको छ ।
निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्न दैनिक जसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले जिल्लाभर निगरानी बढाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार